http://abhiyan.com.np/newspage
अभियान संवाददाता
राष्ट्रपति डा. रामवरण यादवले मध्यमाञ्चल क्षेत्रीय महोत्सवको शुक्रवार सिन्धुलीमा उद्घाटन गरे । महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । उक्त महोत्सवमा ३ लाख मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सव अवधिभर ३ करोड रुपैयाँबराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजक उद्योग वाणिज्य सङ्घ सिन्धुलीले जानकारी दिएको छ । महोत्सवमा विभिन्न १ सय ५० ओटा स्टल राखिएको छ ।
महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले भने, 'नेपाल जलस्रोतको धनी देश भए पनि नेपाली जनताले लोडशेडिङ भोग्नु परिरहेको छ । त्यसलाई व्यवस्थापन गर्न राजनीतिक खिचातानी रोक्नुपर्छ ।' राष्ट्रपति डा. यादवले चुरे क्षेत्रलाई संरक्षण गरी जमीन, जङ्गल र पानीलाई व्यवस्थित गर्न नसके आगामी १० वर्षभित्र देश मरुभूमिमा परिणत हुने खतरा रहेको बताए । उनले हिमाल, पहाड र तराईका सबै नेपालीले आफ्ना व्यक्तिगत आग्रह त्यागेर विनाशको कठघरामा पुगेको चुरेक्षेत्रको संरक्षणमा लाग्न आग्रह गरे । कार्यक्रममा विनाविभागीय मन्त्री गङ्गालाल तुलाधरले केही दिनभित्रै सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुने दाबी गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले राजनीतिक अस्थिरताले समग्र औद्योगिक क्षेत्रमा नकारात्मक असर पारिरहेको टिप्पणी गरे ।
आर्थिक अभियान
No comments:
Post a Comment