Friday, August 8, 2008

यात्रारम्भ

वान यौटा वय हेर आयो
नार्दै गर्‍यो गोरु अनौं समायो
दह्रो हलोले सब खेत जोती
नया“ फलायो धनधान्य मोती ।।

बहाई सारा श्रम यो जगत्मा
राखी भरोसा पसिना रगत्मा
लयै निकाली मृदु गीत गायो
जवान यौटा वय हेर आयो ।।